२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाक्पा लामाले कमल थापालाई पार्टी ‘बेचेको’ भन्दै राप्रपा नेपालका पदाधिकारी निर्वाचन आयोगमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपालका पदाधिकारीहरूले राप्रपा नेपाल कमल थापाको नभएको भन्दै उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएको जानकारी गराएका छन्।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टीका राष्ट्रिय अध्यक्ष अध्यक्ष प्रदीपविक्रम राणाले अध्यक्ष राणाले पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई बेचेको आरोप लगाए।

साथै, उनले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको बताए।

राप्रपा नेपाल कमल थापाले बनाएको पार्टी नभएको भन्दै थापाले ‘आफ्नै घरमा फर्किएँ’ भन्न नमिल्ने तर्क राणाको थियो। यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्नको लागि थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि राणाको आरोप छ।

‘यस कदममा ९५ प्रतिशत केन्द्रीय पदाधिकारीको असहमति रहेको छ। निर्वाचन आयोगले कसरी यस्तो निर्णय गर्‍यो ? यसको जवाफ निर्वाचन आयोग र लाक्पा तामाङले पनि दिनुपर्छ। न्यायालयले पनि हामीलाई न्याय दिनुपर्छ,’ उनले भने।

कमल थापा पटक–पटक बिक्री भएको मान्छे भएको आरोप लगाउँदै उनले भने, ‘कहिले म गणतन्त्रवादी भइसकें भन्ने, कहिले राजालाई मान्दिनँ भन्ने, अनि अहिले अर्काको घरलाई मेरो घर भन्ने ? , उहाँले एकपछि अर्को गरेर असंवैधानिक र गलत कदम चाल्नुभएको छ।’

शनिवार थापाले राष्ट्रिय सभामार्फत पार्टीको घोषणा सभा गर्दै छन्। राणाले हिम्मत भए नयाँ पार्टी बनाउन थापालाई सुझाव दिए।

उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरूको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे।

साथै, उनले लाक्पा तामाङको कदम आफूहरूलाई कुनै पनि हालतमा मान्य नहुने चेतावनी दिए।

उनले भने, ‘६०–४० को समीकरण बनाएर कमल थापासहितको ठुलो टिम हाम्रो पार्टीमा प्रवेश हुँदै छ तर, हाम्रो पार्टीको सिद्धान्त कतै जाने छैन भनेर हामीलाई झुटो कुरा बोलियो।’

युवाहरूले अगाडि बढाइरहेको पार्टीलाई अबका दिनमा पनि युवाहरूले नै अगाडि बढाउनुपर्ने उनले बताए।

थापा अध्यक्ष भएको कुरा अवैधानिक रहेको भन्दै उनले अध्यक्ष तामाङले पार्टीका पदाधिकारीहरूलाई अवमूल्यन गरेको आरोप लगाए।

पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भए पनि चरित्र कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर् नसक्ने अवस्था नरहेको स्पष्ट पारे।

‘हामीले गर्वका साथ राजसंस्था र हिन्दुराष्ट्र भनेर हिँडिरहेका थियौँ र आज पनि यही एजेन्डामा अडिग छौँ। तर, एकाएक हामीलाई गणतन्त्रवादी बनाइयो,’ उनले भने, ‘यो कुरा हामीलाई कदापि मान्य छैन।’

सिङ्गो पार्टी र पदाधिकारीलाई कुनै जानकारी नदिएर गोप्य रूपमा पार्टीको साँचो अरू कसैलाई बुझाइएको भन्दै उनले दुःख व्यक्त गरे।

केन्द्रीय उपाध्यक्ष राम गोपालीले परिवर्तनका संवाहक युवाहरूले चलाइरहेको पार्टीलाई रातारात गणतन्त्रवादी बनाइएको भन्दै आफूहरू कमल थापाको बुट समातेर लाक्पा तामाङसँग सती जान नसक्ने बताए।

यस्तै, उनले ६०(४० को झुटो आश्वासन दिएर उपस्थित नभएकाहरूको हस्ताक्षर किर्ते गरेर निर्वाचन आयोगमा गई थापालाई पार्टी सुम्पिएको आरोप लगाए। ‘कसैले विचार बेचेर झोला भर्‍यो होला। तर, राप्रपा नेपाल कहीँ पनि समाहित भएको छैन,’ उनले भने।

त्यस्तै, महामन्त्री राजु नापितले सनातन हिन्दु धर्म र राजसंस्थाको एजेन्डा बोकेको राप्रपा नेपाललाई कति पैसामा बेच्नुभयो ? भन्दै तामाङमाथि प्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस