श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति प्रदान


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । सरकारले श्रमिक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पेश गरेको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहमति प्रदान गरेको एक मन्त्रीले बताए ।

श्रमिक अस्पताल निर्माणको अवधारणा पत्र स्वीकृत गर्दै सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत साधन, सञ्चालन मोडालिटी लगायत पक्षबारे अध्ययन गरेको थियो ।

आर्थिक विकास तथा समृद्धिको आधारको रूपमा रहेका श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्रालयको भनाई छ ।

सम्बन्धित समाचार : ‘श्रमिक अस्पताल’ निर्माणको प्रस्ताव मन्त्रिपरिषदमा, यसकारण आवश्यक छ छुट्टै अस्पताल

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी सञ्चालनमा रहेको र केही दिन अघि मात्रै भरतपुरमा शिक्षक अस्पताल निर्माणको अध्ययन भइरहेको सन्दर्भमा सरकारले श्रमिक अस्पताल निर्माण अघि बढाएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस