एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने, तर समर्थन फिर्ता नलिने  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमसीसी अघि बढाए माओवादीले सरकार छाड्ने, तर समर्थन फिर्ता नलिने 


६ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप सत्तागठबन्धनको बैठक बस्नुअघि गठबन्धनमा आवद्ध तीन दलका शीर्ष नेताबिच बसेको बैठक सकिएको छ ।

यथास्थितिमा एमसीसी पारित गर्न नहुने मत जाहेर गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादवलगायत नेताबिच बैठक बसेको थियो । माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो ।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निष्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिवार मात्र निर्णय गर्ने भएको छ । शनिवार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ ।
केहीबेरमा सत्तागठबन्धनको बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि असहमत तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सत्तागठबन्धनको हिजोको बैठकमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट गएका थिए । देउवाले ओलीलाई सत्ता साझेदारीको प्रस्ताव राखेको बताइएको छ ।
पछिल्लो घटनाक्रमले एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेको सङ्केत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस