२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्छ: वरिष्ठ नेता पोखरेल

अ+ अ-

जनकपुर । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमसीसीबारे सत्तारूढ गठबन्धनको ठोस धारणा आउनुपर्ने बताएका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी हिजोदेखि जनकपुरधाममा सुरु भएको नेकपा एमालेको मधेश प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनले गठबन्धनमा रहेका दलहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेकाले एउटा ठोस धारणा आउनुपर्ने बताए ।

‘गठबन्धनमा रहेका नेताहरुको एमसीसीबारे फरक–फरक धारणा आइरहेका छन्’, वरिष्ठ नेता पोखरेलले भने, ‘त्यसैले सत्तारूढ गठबन्धनको तर्फबाट एउटै धारणा बनाएर एमसीसी संसद्मा ल्याएपछि हामीले हाम्रो पोजिसन दिन्छौँ ।’

‘गठबन्धनका कतिपय नेताहरु एमसीसी ठीक छैन भन्ने एकातिर कार्यकर्तालाई उचाल्ने अर्कोतिर एमसीसी ठीक छ भनेर सुटुक्क अमेरिकालाई लेख्छन्’, वरिष्ठ नेता पोखरेलले भने, ‘यसरी दुई जिब्रोे हुनु भएन, जे छ त्यो प्रष्ट धारणा ल्याउनुपर्छ ।’ एमसीसीका बारेमा धेरै कुरा टिप्पणी गर्नु, विवाद गर्नु ठीक नभएको उनको कथन थियो ।

एमसीसीलाई विवादित बनाउने काम गलत भएको भन्दै उनले एमसीसीबारे जनतामा अनावश्यक भ्रम छर्ने काम भइरहेकाले सचेत हुनुपर्ने बताए । मुलुकमा राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब आफ्नो पार्टी मुलुकको आर्थिक विकास र समृद्धि र राष्ट्रिय स्वाभिमान तथा स्वतन्त्रताको एजेण्डासहित अघि बढेको उल्लेख गर्दै उनले आर्थिक विकास र समृद्धिबिना मुलुक अब अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश र जनतालाई खुसी बनाएर मुलुकलाई समृद्ध बनाउने एमालेको एजेण्डा देखेर अत्तालिएका दल एमालेविरुद्ध गठबन्धन गरेको आरोप लगाए ।

जनकपुरधाममा सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता पोखरेल, उपमहासचिव ज्ञवाली, पार्टीका पोलिटब्युरो सदस्य देवेन्द्र दाहाललगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, मधेश प्रदेशका आठवटै जिल्लाका अगुवा नेता कार्यकर्ता गरी १८० जना प्रतिनिधिको सहभागिता रहेको उनले बताए ।