सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने


२ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गर्ने भएको छ ।

महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् ।

नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने बताए ।

नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस