२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडिमालिका प्रवर्द्धनका लागि हेलिटुर

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र बडिमालिका क्षेत्रको प्रवर्द्धनका लागि हेलिटुर आयोजना गरिने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आगामी फागुन १ गतेदेखि १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित सो टुरको आयोजना गर्न लागिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) सुदूरपश्चिम प्रदेशले काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवर्द्धक तथा नाट्टा सुदूरपश्चिम प्रदेश, माउन्टेन हेलिकोप्टर प्रालि, नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश र होटेल व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेशको सहकार्यमा आयोजना गरिने प्याकेजमा दिपायल खप्तड दिपायल, झिग्राना खप्तड झिग्राना, धनगढी र महेन्द्रनगरदेखि झिग्राना, दिपायल बडिमालिका दिपायल, दिपायल खप्तड बडिमालिका र साँफेबगर बडिमालिका साँफेबगरलगायत स्थानबाट सो क्षेत्रको अवलोकन गर्न जान सकिने व्यवस्था मिलाइएको छ ।

यात्रुलाई स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मको प्याकेज उपलब्ध गराइने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको बताए ।

कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रम सहयोगी हुने उहाँले विश्वास व्यक्त गरे । बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले सुदूरपश्चिम प्रदेश भारतका विभिन्न सहरसँग जोडिएकाले यो कार्यक्रममा भारतीय पर्यटकलाई समेत ल्याउन सकिने बताए ।

नाट्टाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाइँले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै यो कार्यक्रमले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।

यस्तै नाट्टा सुदूरपश्चिम प्रदेशका सल्लाहकार नरेन्द्रदेव भट्टले सुदूरपश्चिम प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले आर्थिक विकासका लागि त्यसको प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

माउन्टेन हेलिकोप्टरका महाप्रबन्धक डीलबहादुर ओलीले नाफाभन्दा पनि सो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लागत मुल्यमै कम्पनीले टुर प्याकेज ल्याएको जानकारी दिए ।

नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड बडिमालिकालगायतका स्थल अहिले हिउँले सेताम्मे रहेकाले उक्त क्षेत्रको भ्रमण गर्ने चाहाना भएका तर समय अभावका कारण जान नसक्ने पर्यटकका लागि यो कार्यक्रम फलदायी हुने बताए ।

नाट्टाका सचिव शिवहरि पाण्डेले दश दिनको अवधिमा कम्तीमा पनि ३५० आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने लक्ष्य लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस