२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारलाई उपचारमा २० प्रतिशत छुट

अ+ अ-

डोटी । सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ ।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो । ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विशेषज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।

अस्पतालका प्रशासन प्रमुख बलायर र पत्रकार महासङ्घका अध्यक्ष मोहन शाहीले स्वास्थ्य सेवामा छुट गर्ने गरी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको शाखा सचिव केशवचन्द्र महराले जानकारी दिए ।

उनका अनुसार सम्झौताअनुसार स्वास्थ्य सेवा लिने व्यक्ति महासङ्घको साधारण सदस्य हुनुपर्ने उल्लेख छ । स्वास्थ्य सेवा लिन जाँदा महासङ्घको सदस्यताको परिचयपत्र र महासङ्घको सिफारिस पेस गर्नुपर्ने प्रावधान छ ।

जिल्लामा पत्रकारले निर्वाह गरेको सामाजिक उत्तरदायित्व, मर्यादा, स्वास्थ्य क्षेत्रमा पुर्‍याउँदै आएको योगदान र भूमिकाको मूल्याङ्कन गर्दै स्वास्थ्योपचारमा सहजता पुगोस् भन्ने उद्देश्यले उपचारमा सहुलियत दिने निर्णय गरेको अस्पतालका प्रशासन प्रमुख बलायरले बताए ।

मोफसलमा पत्रकारिता गरिरहेका पत्रकारको अर्थव्यवस्था अहिले पनि कमजोर रहेकामा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारका लागि उपचारमा सहुलियत दिन गरिएको निर्णय सराहनीय भएको महासङ्घका अध्यक्ष शाहीले बताए ।

महासङ्घले जिल्लामा रहेका अन्य अस्पतालसँग पनि पत्रकार तथा उनीहरूका परिवारको उपचारका लागि सहुलियत दिलाउन पहल गर्ने अध्यक्ष शाहीले जानकारी दिए । सुजङ अस्पताल ५० शय्याको सामुदायिक अस्पताल हो । अस्पतालले अर्थव्यवस्था कमजोर भएका नागरिकलाई पनि उपचारमा सहुलियत दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस