२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामा दशवर्षे योजना बनाउँदै खजुरा गाउँपालिका

अ+ अ-

राँझा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरेको छ ।

गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासँग सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा शिक्षा क्षेत्रको दशवर्षे योजना निर्माणको तयारी गरिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार सबै पक्षलाई समेटी नमूना दशवर्षे कार्ययोजना निर्माण गरिने छ । त्यसका लागि गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदनसमेत गरिसकेको छ ।

गाउँपालिकाले सङ्घ र प्रदेशस्तरबाट समेत शिक्षाको विकासका लागि उल्लेख्य मात्रामा लगानी गराउन सफल भएको जानकारी दिँदै अध्यक्ष कक्षपतिले शैक्षिक नेतृत्व गर्ने व्यक्तिले अब प्रतिफल ल्याउने कुरामा जोड दिनुपर्ने बताए।

बाँकेको आठवटै स्थानीय तहमध्ये खजुराको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको खजुराका नागरिक अगुवा गेहेन्द्रप्रसाद धितालले दाबी गरे । उनले गाउँपालिकाकै शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन गहन छलफल गरी दशवर्षे कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिए । संस्थागत विद्यालयको पाठ्यपुस्तक कम्तीमा पाँच वर्षसम्म परिमार्जन नहुने गरी कार्ययोजना निर्माण हुनुपर्ने बताउँदै उनले भने, ‘सामुदायिक र संस्थागत विद्यालयमा एकरुपता ल्याउनुपर्दछ ।’

खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम वलीले कोरोना सङ्क्रमणका समयमा पनि एकै तहका शिक्षा कार्यलाई अगाडि बढाउने कार्य गाउँपालिकाले गरिरहेको जानकारी दिँदै विपद्का समयमा पनि कसरी पालिकालै शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भन्नेबारेमा समेत योजना निर्माणमा ध्यान पुर्याउन सुझाव दिए ।

गाउँपालिका शिक्षा समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष एकमाया विकले तीन दिनसम्म कार्यशाला सञ्चालन गरेर दशवर्षे योजनाको तयारी प्राविधिक विषयगत समिति गठन, योजना तर्जुसँग सम्बन्धित अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी पूर्व निर्माण गरिएको गाउँपालिका आवधिक योजनाका विषयमा छलफल गरी विषयगत क्षेत्रको मस्यौदा लेखनकार्य गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस