३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकल महिलाको भवनमा डोजर

अ+ अ-

रोल्पा । सदरमुकाम लिवाङस्थित मानव अधिकारका लागि महिला एकल महिला समूहको पक्की भवन डोजर लगाएर भत्काइएको छ ।

तत्कालीन जिविस रोल्पाको चार लाख, एकल महिलाको मासिक बचत सङ्कलनबाट उठेको रकम तथा एकल महिलाको जनश्रमदानसमेत गरी सात लाख ५० हजारको लागतमा निर्मित सो भवन जबर्जस्ती भत्काइएको समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताए ।

साबिक लिवाङ गाविससँग मौखिक सम्झौता गरी सो भवन बनाइए पनि नगरपालिका बनेपछि भवन भत्काउन जबर्जस्ती आदेश दिइएको आचार्यले बताए । वडा कार्यालय बनाउने भन्दै सो भवन डोजर लगाएर भत्काइएको समूहले जनाएको छ । भवनमा एकल महिलाको लगानीमा चमेना घर र कार्यालय सञ्चालन हुँदै आएको थियो ।

नगरपालिकाले सो भवन भत्काएको नभई १५ दिने सूचना प्रकाशन भएपछि एकल महिलाले आफैँ भवन भत्काएको नगरपालिकाका कार्यकारी अधिकृत कमानसिं थापाले बताए । “सम्झौताबिना नै आफ्नो जग्गामा भवन बनाएको देखिएकाले सो भवन भत्काउन सार्वजनिक सूचना गरेका हौँ” थापाले भने । एकल महिलाले भवन बनाएको स्थानमा आफूहरुले वडा कार्यालय बनाउन लागेका कारण भवन भत्काउनुपरेको थापाले जानकारी दिए ।

समूहले घडेरीको व्यवस्था गरेमा नगरपालिकाको आर्थिक सहयोगबाट सानो भवन बनाउन सहयोग गर्न सकिने थापाले बताए । समूहसँग बसेर सल्लाह गरेर भवन भत्काइएको नेपाली काँग्रेस नगर संयोजक चन्द्रप्रकाश आचार्यले बताए । नगरपालिकाको पुरानो भवनमा तत्कालका लागि कार्यालय सञ्चालन गर्ने सहमतिअनुसार भवन भत्काइएको उनले बताए । जग्गा खोजेमा आगामी आवको बजेटबाट ५० लाख सहयोग गरी भवन बनाइदिने सहमति समेत भएको आचार्यले बताए ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पूर्णबहादुर केसीले समूहको कार्यालय सञ्चालनको वैकल्पिक व्यवस्थाका लागि सहयोगका साथै सम्बन्धित निकायमा समन्वय गरिने बताए । रासस

प्रतिक्रिया दिनुहोस