मङ्गलवारसम्म कार्यालय रोजिसक्न नवनियुक्त अधिकृतलाई आह्वान « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मङ्गलवारसम्म कार्यालय रोजिसक्न नवनियुक्त अधिकृतलाई आह्वान


२३ माघ २०७८, आइतबार


काठमाडौँ । नवनियुक्त शाखा अधिकृतहरूलाई स्वयं कार्यालय रोज्न आह्वान गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै केही दिन अघि मात्रै उत्तीर्ण भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका चार सय ८५ जना अधिकृतहरूलाई अनलाइनमा कार्यालय रोज्न भनेको हो ।

अधिकृतहरूलाई पदस्थापनका लागि रिक्त रहेका निकायहरू स्वयं छनौट गर्ने गरी अनलाइन प्रणालीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस