एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश


५ जेष्ठ २०७४, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए ।

एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार मुद्दा दायर गरेका थिए । नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस