काठमाडौँ । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानुन मन्त्रालयलाई बोलाएको छ ।
संविधानसँग बाझिएका कानुनका विषयमा आयोगले मन्त्रालयसँग छलफल गर्न लागेको हो ।
कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आज (शुक्रबार) साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिएका छन् ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले निर्वाचनको मिति छिटो तोक्न सरकारलाई दबाब दिँदै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेकाले सरकारले मिति तोकेको छैन ।
बरु सरकारले संविधानसँग बाझिएका निर्वाचनसँग सम्बन्धी ऐन कानुन संशोधन गर्ने विषयमा कानुनका जानकारहरुसँग परामर्श लिँदै आएको छ ।