काठमाडौँ । काठमाडौँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र ग्यास बुलेटमा च्यापिएर एकजना चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी रहेका छन् । आज बिहान करिब ३:४५ बजे बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गर्दा ग्यास बुलेट अचानक गुडेर अगाडि बढेपछि भारतीय नम्बरकै अर्को ग्यास बुलेटमा उनी च्यापिएर उनको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी च्यापिएको अर्को बुलेट चालकलाई महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।