गजल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गजल


२४ पुस २०७८, शनिबार


कुरा आज सुनियो सबै थोकका
गरिबका समस्या अझै भोकका

कुनै छैन राम्रो खबर गाउँको
समाचार छन् भोकका शोकका

दही दूधको फाइदा बिर्सिए
भए बालबच्चा भोगी कोकका

गुनासो सुनेनन् कसैले मेरो
अनायास झन् उफ्रिए चोकका

लगाए त्यसै दोष निर्धो मर्‍यो
कुरा फेरि गर्छन् ठुला तोकका

Tags :
प्रतिक्रिया दिनुहोस