रोल्पा । नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ।
त्रिवेणी गाउँपालिका–२ नुवागाउँका ४७ वर्षीय रोकाको बुधबार राति पौने ९ बजे निधन भएको हो।
पुस २३ गतेदेखि नुवगाउँमा हुने एमालेको छैठौं जिल्ला अधिवेशनको तयारीमा खटिरहेका रोकाको निधन भएको हो। रोकाको निधनले पार्टीलाई ठूलो क्षति पुगेको एमाले जिल्ला कमिटी अध्यक्ष बालाराम बुढामगरले बताए।
अध्यक्ष बुढामगरले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।







