३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला हत्या प्रकरणमा पक्राउ परेका भारतीय नागरिकको डीएनए परीक्षण

अ+ अ-

काठमाडौँ । निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् ।

प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो ।

अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी जारी राखेको जनाएको छ । उनी पनि एक शंकास्पद हुन् । पक्राउ परेका उनको डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि विभिन्न व्यक्तिको बयानका आधारमा ती युवा निर्मलासँग नजिक रहेको र कहिलेकाहिँ जिस्क्याउने गरेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

अलि पहिलेदेखि नै हाम्रो शंकाको घेरामा थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘घटनालगत्तै उनी भारत गएका थिए । अहिले नेपाल आएपछि हामीले अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ, अनुसन्धान जारी छ ।’

प्रतिक्रिया दिनुहोस