काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज (आइतबार) २१६ जना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।
५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा २०९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९७१ पुगेको छ ।