काठमाडौँ । युट्युबमा अश्लीलता झल्काउने सामाग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले बागलुङ घर भई हाल काठमाडौँ महानगरपालिका अनामनगर बस्ने ३१ वर्षीय रामबहादुर मल्ललाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन्।
प्रहरीले मल्ललाई हिजो (आइतबार) पक्राउ गरेको हो । उनी युट्युब च्यानल साथीभाइ अनलाइन टिभीका सञ्चालक हुन्।
प्रहरीले उनलाई आफ्नो च्यानलमा अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओहरू बनाएर राखेको आरोपमा पक्राउ गरेको हो ।
विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
उनलाई अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।