काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् ।
आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिएका हुन् ।
‘अहिलेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाएर त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ ज्ञवालीले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’
अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले युद्ध लडेको पनि ज्ञवालीले बताएका छन् ।