३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा– मन्त्री थापा

अ+ अ-

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा बुधबार आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे ।

अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिन मिल्छ तर काँग्रेसले कोसँग घुर्की लगाउने भन्दै मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राखे ।

मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गरे ।

पार्टीका केन्द्रीय नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक डा. शेखर कोइरालाले काँग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताए ।

उनले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधैँ खबरदारी गर्ने दृढता व्यक्त गरे ।

नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कोपिला रानाभाट र नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले पोखराको समृद्धिमा सबैको ध्यानाकर्षण गराए ।

यसअघि पोखराको चिप्लेढुङ्गाबाट निस्केको एक ¥याली महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुँदै पुन चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस