२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा सूचना पहुँच केन्द्र स्थापना

अ+ अ-

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ । सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरे । ‘केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको छु’, उनले भने । यसैगरी सचिव आचार्यले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए ।

नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले आफूहरुले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताए । उनले भने, ‘मुलुकमा कोरोना महामारी भएकाले समयमै प्रयोगमा ल्याउन पाएनौँ । यस केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाउने छौँ ।’ नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षामा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिमको कुरा सिकाउने उनले विश्वास दिलाएका छन् ।