२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायिक क्षेत्रको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्छः सचिव श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताएका छन् ।

पार्टी निकट सङ्गठन, काठमाडौँ महानगरपालिका–२३ वडाले दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले न्यायिक आस्थाका धरोहरका रुपमा स्थापित न्यायलयबाट विवाद टुङ्गो लाग्न नसकेमा राजनीतिक प्रणालीमा नै असर पुग्ने बताए ।

पार्टीका संसदीय विभाग प्रमुखसमेत रहेका श्रेष्ठले एमालेले कम्युनिष्ट आदर्शलाई कायम राख्न नसकेकाले आफूहरुले विद्रोह गरी नयाँ दल स्थापना गर्नुपरेको उल्लेख गर्दै कम्युनिष्ट विचारमा आवद्ध तथा सामाजिक न्याय र समानताका पक्षमा रहेका सम्पूर्ण नागरिकलाई नेकपा एकीकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व कायम राख्न गत निर्वाचनमा जनताले कम्युनिष्टलाई विश्वास गरेर करिब दुई तिहाई बहुमत दिएको स्मरण गर्दै तत्कालीन ओली सरकारले सत्ता बचाउनका लागि लोकतन्त्र र संविधानलाई नै धरापमा राखेर देश र जनतालाई धोका दिएको विचार व्यक्त गरे ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले विभिन्न जाति समुदायले सजिएको मुलुकमा सबैका फरक संस्कृति, रीतिरिवाज तथा मौलिक चाडपर्व रहेको र तीनले मुलुकको गौरब बढाएको बताए ।

पार्टीका केन्द्रीय सदस्यद्वय सागर थापा र रामेश्वर श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२३ का वडाध्यक्ष मचाराजा महर्जनले विविधताले भरिएको समाजमा सबै पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष शैलेन्द्र शाक्य, क्षेत्र नं ८ का संयोजक सुरेन्द्रहर्ष बज्राचार्यलगायतको उल्लेखनीय सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस