काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट ४० तोला सुनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल नागरिक उड्ययन प्राधिकरणका उपसचिव किशोरकुमार खत्री र तस्कार मनिष रिमाललाई पक्राउ गरेको हो ।
उपसचिव खत्री त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कार्यरत थिए । प्रहरीले खत्री र तस्कर रिमाल दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।