१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युतमा लगानी गर्न सबैलाई स्वागत छ: प्रधानमन्त्री देउवा

अ+ अ-

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युतजस्ता स्वच्छ ऊर्जामा लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।

स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन बेलायत आएका प्रधानमन्त्रीले लण्डनमा पत्रकारहरुसँगको कुराकानीमा नेपालमा वातावरणमैत्री जलविद्युत आयोजनामा लगानी उपयुक्त हुने बताएका हुन् ।

उनले गैरआवासीय नेपाली तथा विदेशी लगानीकर्ता समक्ष निश्चिन्त भएर लगानी गर्न आह्वान पनि गरे । पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जलविद्युतलगायतका स्वच्छ ऊर्जाको प्रयोग गरेर दिगो विकासमा टेवा पुर्‍याउनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘इच्छुक लगानीकर्ताहरुका लागि नेपालमा लगानीको वातावरण अत्यन्तै राम्रो छ । जलविद्युतको उत्पादन तथा प्रयोग बढाउँदै अब ऊर्जाका लागि क्लिन इनर्जीको प्रयोग गर्नुपर्छ । इलेक्ट्रिक कारको प्रयोगलाई प्रोत्साहन गर्नेछौं, खाना पकाउनका लागि पनि ग्यासको सट्टा विजुलीकै प्रयोग गर्दै जानुपर्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपालमा हाइड्रोपावरमा लगानी गर्न सबैलाई स्वागत छ । एनआरएन वा विदेशी लगानीकर्ता जो आउनुभए पनि लगानीको सुरक्षाको सुनिश्चित गर्ने प्रतिवद्धता गर्दछु ।’

प्रतिक्रिया दिनुहोस