सामन्तवादको जड गाडिएकाले न्यायालयमा समस्या : शशी श्रेष्ठ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सामन्तवादको जड गाडिएकाले न्यायालयमा समस्या : शशी श्रेष्ठ


१४ कार्तिक २०७८, आइतबार


मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा सामन्तवादको जड गाडिएकाले समस्या देखिएको बताएकी छन् ।

राजनीतिक परिवर्तनसँगै मुलुकमा सामन्तवादको जड गाडिएको राज्यका अंगहरूको पुनः संरचना हुन नसक्दा अहिले न्यायालयमा समस्या देखिएको उनले बताइन् ।

विराटनगरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका अंगहरुमा पुनः संरचना नगरेकै परिणाम अहिले न्यायालयमा देखिरहेको बताएकी हुन् । सबै क्षेत्रमा अझै केन्द्रीकृत मानसिकता कायमै रहेको उनको भनाइ थियो ।

‘नेपाली मौलिकता झल्किने राज्य पुनस्संरचना भयो तर त्यसभित्र रहेका सामन्तवादका अव्यवहरू हटाउन सकिरहेका छैनौँ,’ उनले भनिन् । सरकार र राजनीतिक दलहरु मिलेर यो समस्याको समाधान गर्ने मन्त्री श्रेष्ठले विश्वास व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस