२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकेटारमा नेपाल वायु सेवा निगमको तीन उडान कटौती

अ+ अ-

फुङ्लिङ । नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो । निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने, ‘अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।’ यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।

निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट काटेका करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसेवा निगमको कार्यालयले जनाएको छ । जिल्लास्थित स्टेशन इञ्चार्ज लिम्बूले भने, ‘पहिलेको उडान सेड्युल (तालिका)अनुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन् ।’ कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका र केहीले आउँदो उडान पर्खने भएको पनि उनले जानकारी दिए ।

यता यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि अधिक यात्रु हुने गरेका छन् । काठमाडौँ–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरमा उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट वञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् । निगमको भाडा दर भने काठमाडौँ–ताप्लेजुङलाई प्रतिव्यक्ति रु सात हजार ३७० रहेको छ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौँ–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।