२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशिएका पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउने पहल

अ+ अ-

काठमाडौँ । विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थाङ्कालगायत पुरातात्विक महत्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल सुरु गरेको छ ।

विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका सङ्ग्रहालयसँग मिलेर सूचना सङ्कलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए। अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका यस्ता सम्पदा फिर्ता गराउन हाल पहल भइरहेको छ ।

गणेशको मूर्ति भारत र नेपाल दुवै देशमा र थाङ्का नेपाल एवं तिब्बत दुवैतिर बन्ने गरेकाले पहिचानमा कठिनाइ हुने गरेको उनले बताए । विदेशस्थित सङ्ग्रहालय, निजी सङ्कलनमा रहेका पुरातात्विक सम्पदामा ‘नेप्लिज कलेक्सन’ भनी रखिएका सामग्री अवैध तरिकाले चोरी, निकासी भएको पाइएपछि स्वदेशमा फिर्ता गराउन लागिएको हो ।

यस्ता सम्पदा नेपाल फर्काउन विभागमा काम गर्ने जनशक्तिको कमी भएका कारण पनि समस्या हुने गरेको छ । विभाग हाल २५ जना जनशक्तिको भरमा चलाउनुपरेको महानिर्देशक गौतमको भनाइ छ । यही जनशक्तिको सम्पदा संरक्षण, पुरातात्विक स्थलको उत्खनन्, विश्व सम्पदा क्षेत्रको संरक्षण, विदेशिएका सम्पदाका विषयमा पनि काम गर्नुपरेको छ । चीनमा विदेशिएका सम्पदा फिर्ता गराउने काम गर्ने तीन ब्युरोसहित ४५० जनाभन्दा बढी कर्मचारीले काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस