२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाडा वृद्धि गरिएकामा उपभोक्ताकाे आपत्ति

अ+ अ-

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् ।

चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरे ।

सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उनले आरोप लगाए । भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुने जनाउँदै दसैँअघि नै भाडा बढाएको हो । कात्तिक १ गतेदेखि लागू हुने भनिए पनि बुधबार भाडा बढाएका आधारमा बिहीबारदेखि नै सार्वजनिक यातायातमा भाडा असुली हुन थालेको छ ।

तेइस प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरेपनि व्यवसायीले भने सके जति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए । प्रदेश सरकारले भाडा वृद्धि गर्ने तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनको गुनासो छ ।

प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गर्ने जनाउँदै असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।व्यवसायीको इच्छामा भाडा वृद्धि गरेकाले खारेज गरिनुपर्ने यात्रु इन्द्रमाया तामाङले बताए । गत असार २७ गते अन्तर प्रदेशको भाडा वृद्धि गरिएको थियो । प्रदेशभित्र भाडा वृद्धि गर्ने अधिकार भने नयाँ संरचना अनुसार प्रदेश सरकारलाई दिइएको छ ।

प्रदेश १ सरकारले यसअघि नै भाडा समायोजन गरेको छ । अन्य प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छैन ।उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले सार्वजनिक यातायातको क्षेत्रमा वृद्धि गरिएको भाडादर फिर्ता लिन माग गरे ।

प्रतिक्रिया दिनुहोस