३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालयहरूको मासिक मूल्याङ्कन हुनुपर्छ : सचिव पाण्डे

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले मालपोत कार्यालयहरूको मासिक मूल्याङ्कन सम्बन्धी इन्डिकेटर(सूचक) बनाउनु पर्ने बताएका छन् । मासिक रूपमा अनुगमन गर्ने प्रणाली विकास भएमा कार्यालयहरूको प्रगतिबारे यर्थाथ बाहिर आउने उनको भनाइ छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सचिव पाण्डेका लागि सोमबार आयोजित स्वागत कार्यक्रममा उनले विभागले सूचना प्रविधिको प्रयोग गरेका र सञ्चालनमा ल्याएका अनलाइन प्रणालीले सेवा प्रवाह सहज भएको भन्दै यसको प्रयोगबारे सर्वसाधारणलाई अझै बढी जानकार बनाउन आवश्यक रहेको बताए ।

विभाग र कर्मचारी सञ्चय कोषबिच जग्गा रोक्का/फुकुवा र धितो पास अनलाइन प्रणालीबाट गर्ने समझदारी पत्र एमओयूमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गर्दै सचिव पाण्डे अब बैङ्क तथा वित्तीय संस्थाहरूसँग पनि छिट्टै एमओयू गर्नु पर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा विभागका महानिर्देशक शेषनारायण पौडेलले मालपोत कार्यालयहरूमा अनलाइन प्रणालीबाट सेवा सुरु भएपछि सेवा प्रवाहमा सुधार भएको जानकारी गराए । उनले कानुन संवत् रूपमा असल नियतले काम गरेका कर्मचारीहरूलाई संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रममा विभागका निर्देशक गुरुदत्त सुवेदीले विभागले गरिरहेका कार्यबारे जानकारी गराए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशी, विभागका निर्देशक रोशन शङ्कर घिमिरे, सुमना अर्याल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस