२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र मर्यादित बनाउन आवश्यक सञ्चारसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यस्ता कानून बनाउँदा सम्बन्धित पक्षले महासङ्घको परामर्श लिनुपर्ने बताए ।

महासङ्घका केन्द्रीय सदस्य एवं काठमाडौँ शाखाका पूर्वअध्यक्ष शान्तराम बिडारीले स–साना लगानीमा सञ्चालन भएका स्वरोजगारमुखी सञ्चारगृहको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउँदै श्रमजीवी पत्रकारको अधिकारलाई सुनिश्चित बनाउन एकताबद्ध हुन खाँचो रहेको र उनीहरुको सदस्यता सुदृढीकरण गर्नुपर्ने विचार व्यक्त गरे ।

निर्वाचन समितिका संयोजक ईश्वरी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका अध्यक्ष सूर्य सुवेदीले कोभिड–१९ को महामारीले धेरै सञ्चारकर्मी पेशाबाट विस्थापित हुनुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे । महासङ्घका पूर्वकेन्द्रीय सदस्य रामहरि सिलवालले पत्रकारिता क्षेत्रको विकासका लागि काठमाडौँ शाखाले विभिन्न समयमा सञ्चालन गरेका रचनात्मक गतिविधिको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस