३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ ।

विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

यही भदौ २२ गते निजामती दिवसका अवसरमा मुख्यसचिव शङ्करदास बैरागीले स्मारक निर्माणस्थलमा शालिकको शिलान्यास गर्नुहुने कार्यक्रम रहेको उनले जानकारी दिए । विसं २०६८ देखि निर्माण सुरु भएको स्मारकको काम अझै सकिएको छैन । गोकर्णमा राष्ट्रिय सहिद स्मारकसँगै निजामती स्मारक निर्माण भइरहेको छ । असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी दिए ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल सहरी विकास मन्त्रालयमार्फत सञ्चालनमा छ । सहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भए पनि काममा प्रगति हुनसकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस