भदौ ११ गतेदेखि काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भदौ ११ गतेदेखि काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज


९ भाद्र २०७८, बुधबार


काठमाडौँ । काठमाडौँमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन् ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौँले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको थियो ।

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने भएका छन् ।

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएले कार्ड लिएर जानुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस