२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कञ्चनपुरद्वारा उम्मेदवार टुङ्गो

अ+ अ-

भीमदत्तनगर । नेकपा (एमाले) कञ्चनपुरले स्थानीय तहको उम्मेदवारको टुङ्गो लगाएको छ ।

एमाले प्रदेश कमिटीले कञ्चनपुरका छ नगरपालिका र एक गाउँपालिकाका लागि उम्मेदवार टुङ्गो लगाएको हो । सोअनुसार भीमदत्त नगरपालिका प्रमुखमा सुरेन्द्र विष्ट र उपप्रमुखमा माया पन्त उम्मेदवार बन्नेछन् । त्यसैगरी शुक्लाफाँटा नगरपालिका प्रमुखमा रणबहादुर महरा र उपप्रमुखमा तुलसी हमाल तथा वेदकोट नगरपालिका प्रमुखमा अशोक चन्द र उपप्रमुखमा सुशीला सिंहको नाममा उम्मेदवारीको टुङ्गो लागेको हो ।

त्यसैगरी बेलौरी नगरपालिकामा पल्लवराज भट्ट प्रमुख र चित्रा चौधरी उपप्रमुख उम्मेदवारीमा टुङ्गो लागेको एमाले कञ्चनपुर उपसचिव रणबहादुर महराले बताए ।

त्यसैगरी कृष्णपुर नगरपालिका प्रमुखका लागि कर्ण हमाल तथा महाकाली नगरपालिका प्रमुखमा किशोर लिम्बू र उपप्रमुखमा चिनी गिरीको उम्मेदवारी टुङ्गो लागेको छ ।

एमालेबाट बेल्डाँडी गाउँपालिका अध्यक्षमा धनबहादुर थापा र उपाध्यक्षमा कमला कार्की सिफारिस भएका छन् । पुनर्बास र लालझाँडी गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको एमाले कञ्चनपुरले जनाएको छ ।

आइतबार प्रदेश नं. ७ कमिटीले उम्मेदवारको अन्तिम टुङ्गो लगाएको हो । “बाँकी रहेका दुई तहको पनि लगत्तै उम्मेदवार टुङ्गो प्रदेशबाट लाग्छ”, पार्टी उपसचिव महराले भने ।

काँग्रेस–माओवादी छलफलमा
नेपाली काँग्रेस कञ्चनपुरले भने निर्वाचन दोस्रो चरणमा आगामी जेठ ३१ गते हुने भनिएपछि उम्मेदवार टुङ्ग्याउन ढिलाइ गर्ने सङ्केत देखाएको छ । उम्मेदवार छनोट विषयको छलफललाई भने काँग्रेसले तीव्रता दिएको छ । “सहमतिको प्रक्रियाबाटै उम्मेदवार छनोट कार्यलाई प्राथमिकता दिएका छौँ” काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले भने ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले जिल्लाका सबै स्थानीय तहका लागि उम्मेदवार छनोटका विषयमा गहन छलफल भइरहेको बताउँदै उम्मेदवार टुङ्गाउन अझै एक साता लाग्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस