सरकारद्वारा दोस्रो संशोधन प्रस्ताव संसदमा पेश « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकारद्वारा दोस्रो संशोधन प्रस्ताव संसदमा पेश


११ बैशाख २०७४, सोमबार


काठमाडौं । सरकारले संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । सोमबार बसेको व्यवस्थापिका संसद बैठकमा सरकारका तर्फबाट कानूनमन्त्री अजय शंकर नायकले दोस्रो संशोधन प्रस्ताव पेश गरेका हुन् । संशोधन प्रस्ताव पेश गर्दै कानुनमन्त्री नायकले स्थानीय तहको निर्वाचनको वातारण बनाउन र मधेसवादी दलहरुलाई चुनावमा सहभागी गराउन प्रस्ताव पेश गरिएको बताए ।

कानून मन्त्री नायकले संविधानको दोस्रो संशोधन विधेयक पेश गर्दा प्रमुख प्रतिपक्षी दल एमाले मौन बस्यो भने नेपाल मजदुर किसान पार्टीका सांसदहरुले भने विरोध गर्दै संसदमा नारा लगाएका थिए । सरकारले पेश गरेको संशोधन विधेयकमाथि संशोधन दर्ता गराउन सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ।

मधेसवादी दलहरुसँग भएको सहमतिका आधारमा सरकारले परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस