अहिलेसम्म म एमालेमै छु : गौतम « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अहिलेसम्म म एमालेमै छु : गौतम


६ भाद्र २०७८, आइतबार


काठमाडौँ । वामदेव गौतमले आफू अहिलेसम्म नेकपा एमालेमै रहेको बताएका छन् ।

गौतमले आइतबार वक्तव्य जारी गरेर आफू हालका लागि नेकपा एमालेमै रहेको उल्लेख गरेका हुन् ।

नेकपा (एमाले) पार्टी भित्र लामो समयदेखि विवाद तथा अन्तरसंघर्ष जारी रहेको र त्यसको समाधानका लागि प्रयास भइरहेको अवस्थामा तत्कालका लागि आफू एमालेमै रहेको बताएका हुन्।

आइतबार गौतमको सचिवालयले वक्तव्य जारी गरेर भनेको छ, ‘केही दिन देखि विभिन्न सञ्चारमाध्यममा वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन।’

नेता माधव कुमार नेपालले आफू पक्षीयहरुको साथमा नेकपा (एकीकृत समाजवादी) पार्टी खोल्नका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस