२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

अ+ अ-

सिन्धुपाल्चोक । गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् ।

यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ । गत असार १ गतेकै बाढीले क्षति पु¥याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताए ।

तत्कालका लागि प्राविधिक टोलीसहित पुलको अवस्था निरीक्षण गरी १७ थान जाली उपलब्ध गराइएको र कामदार खटाइसकेको लामिछानेले जानकारी दिए । पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले तत्काललाई सिमेन्टको प्रयोग गर्न नसकिने भएकाले जाली भर्ने कार्य भइरहेको र कार्य सम्पन्न भएपछि वडाले लागत रकम निकासा गर्ने उनले बताए ।

उक्त झोलुङ्ग पुल भएर हेलम्बुका वडा नं ४ सहित वडा नं ३ तथा मेलम्चीका वडा नं ६ र ७ का बासिन्दा दैनिक आवतजावत गर्ने गर्दछन् । यसै क्रममा मेलम्ची–६ मा रहेको तेर्से माविले पुल संरक्षणका लागि चार बोरा सिमेन्ट सहयोग गरेको छ ।

हेलम्बु–३ र मेलम्ची–७ बाट आफ्ना विद्यार्थी सोही पुल भएर विद्यालय आउने भएकाले स्वयम् बाढीबाट क्षति व्यहोरेकाले आफ्ना तर्फबाट तत्काललाई सिमेन्ट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले बताए । मेलम्ची–११ फट्टेमा रहेको पक्की पुल बाढीले बगाएको र झोलुङ्गे पुलबाट पनि दुई पाङ्ग्रे सवारीलाई रोक लगाइएपछि पनि सवारीसाधन आवतजावत गर्न थालेपछि जोखिम बढेकोमा चिन्तित रहेको र अहिले यसको संरक्षणकार्य अघि बढेकाले ढुक्क हुने अवस्था बनेको मेलम्ची–७ का बासिन्दा चक्रबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस