स्वाभिमानको खडेरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्वाभिमानको खडेरी


९ बैशाख २०७४, शनिबार


यो देशकै राज्य चलाउनेले,
विवेकछाडिकन आत्तिनाले ।
नेपाल यो दुर्गतीमा फसेछ,
विनासिंदै झन् तल पो खसेछ ।।
।।१।।
यहाँ भए शासक नै भिखारी,
स्वच्छन्द ज्यादै मनका विहारी ।
स्वाधिनता आज हराउँदो छ,
नेपाल क्रिडास्थल झैं हुँदोछ ।।
।।२।।
जसले यहाँ जे पनि गर्दछन् रे,
चर्नु–नचर्नू सब चर्दछन् रे ।
हेपिन्छ की देश यसो गरेमा,
चेपिन्छ की साँध त्यसो भएमा ।।
।।३।।
पेसा भयो राजनीति यसैले,
कमाउने साधन भो त्यसैले ।
चल्ले हुँदा धेर यहाँ प्रपञ्च,
हुँदैन कैल्यै पनि खाली मञ्च ।।
।।४।।
सोझाहरु न्याय नपाइ मर्छन् ,
अन्यायले दुर्जन पेट भर्छन् ।
निर्धाहरुले छ सधैं सहेको ,
देखिरहेछन् सब यो भएको ।।
।।५।।
जे–जे गरी बाँच्दछ स्वाभिमान ,
नेपालको गौरव औं गुमान ।
यो देशमा कोही भए सपूत,
थामौ मिलेरै भइ एकजुट ।।
।।६।।

Tags :
प्रतिक्रिया दिनुहोस