२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

सरकारमा सहभागी हुनेबारे निर्णय गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो ।

सरकारमा सहभागी हुने नहुनेबारेमा निर्णय गर्न आज बैठक बस्न लागेको नेपाल समूहका एक नेताले जानकारी दिए । नेपाल पक्षको औपचारिक निर्णयपछि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

देउवालाई विश्वासको मत नदिएका खनाल–नेपाल समूहका नेताहरू सरकारमा नजाने पक्षमा छन् । पार्टी एकता जोगाउन लागिपरेका कार्यदलका सदस्यहरूले सरकारमा सहभागी नहुने बताएका छन् भने देउवालाई विश्वासको मत दिएका नेताहरू सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् ।

सरकारमा सहभागी भए नेपाल समूह र माओवादी केन्द्रलाई ६/६ मन्त्रालय दिने प्रधानमन्त्री देउवाको तयारी छ । जसपाको भागमा ४ तथा काँग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री नियुक्त भएको तीन हप्ता बितिसक्दा पनि सरकारले पूर्णता पाउन नसक्दा सरकारका कामकारबाही प्रभावकारीरुपमा सञ्चालन हुन सकिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस