२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा थप ३० हजार ५४९ कोरोना सङ्क्रमित

अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसबाट सङ्क्रमितको कूल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, चार हजार ९५८ रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको १.२८ प्रतिशत हो ।

गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण कूल मृतकको सङ्ख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड आठ लाख ९६ हजार ३५४ रहेको छ ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् ।

हालसम्म यहाँ ४७ करोड १२ लाख ९४ हजार ७८९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण भएको थियो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस