३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छः नेता लोहनी

अ+ अ-

नुवाकोट । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन् ।

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताए ।

“आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दू धर्मावलम्बी रहेको नेपाली भूमिलाई हिन्दू राष्ट्र घोषणाका लागि अभियान चलाउनेछ,” लोहनीले भने– “मन्दिरहरुको सहर, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमिमा धर्मको व्यापार बन्द गराउने काम बन्द गराउन मुलुक हिन्दू राष्ट्र हुनुपर्छ ।”

पार्टी एकतापछि राप्रपाबाट असन्तुष्टि भएर नयाँ पार्टी स्थापना गर्नुभएका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताए । “मुलुकमा जाति, धर्म, भूगोल, भाषा अविश्वास र बिखण्डनले ठूलो खतरा रहेकाले सबैलाई समन्वय गर्न विघटित राजसंस्थाको पुनर्वहाली हुनुपर्छ ।” उनले भने– “लोकतन्त्रका लागि राजसंस्था समस्या होइन, यसलाई संविधानको परिधिमा राख्नुपर्छ ।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजङ्ग उप्रेती, सङ्गठन विभाग प्रमुख तारानाथ लुइँटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामकुमार केसी, झनक प्याकुरेललगायतले नयाँ शक्तिका रुपमा उदाएको पार्टीलाई भ्रष्टाचारमुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीका रुपमा सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

नयाँ पार्टीका रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिह्न हलो नपाए पनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस