नेपाल वायुसेवा निगमको निजीकरण प्रक्रिया अघि नबढाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेपाल वायुसेवा निगमको निजीकरण प्रक्रिया अघि नबढाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को निजीकरणको कामलाई यथावस्थामा राख्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनेर निवेदन माग गरेको सम्बन्धमा दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकाले साउन २५ गते अन्तरिम आदेश छलफलको पेसी तोकी उपस्थित हुन सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (ग) बमोजिम प्रत्यार्थीहरुलाई जानकारी गराउन पनि इजलासले आदेश दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस