२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकलाई सिङ्गो कम्युनिष्ट पार्टी बनाऔँ: नेता नेपाल

अ+ अ-

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताले मुलुक सिङ्गो कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिचालिसौँ पुष्पलाल स्मृति दिवसका अवसमा पुष्पलाल मित्रता केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो’ कार्यक्रमका सहभागीले छरिएर रहेका कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएका हुन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छरिएर रहेका सबै कम्युनिष्ट पार्टीलाई सिङ्गो कम्युनिष्ट पार्टीमा एकताबद्ध हुनुपर्ने आवश्यकता औल्याए । उनले कम्युनिष्ट पार्टीबीच एकता भएमात्र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न सकिने धारणा राखे । ‘सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउन नसके पनि कार्यगत एकता गरौँ’ उनले भने, ‘एकता नभए पनि जनता र राष्ट्रका साझा विषयमा एकताबद्ध भएर मिलेर जान सकिन्छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले लोकतन्त्र, सुशासन, विकास निर्माण, जनताका पीरमर्कामा सबै कम्युनिष्ट पार्टीबीच मिलेर जान सकिने अवस्था रहेको भनाइ राखे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य गणेश साहले कम्युनिष्ट पार्टीबीच एकता गर्न नसके पनि कार्यगत एकता गर्नुपर्ने बताए । उनले पुष्पलाल श्रेष्ठ हुँदा नेपालमा एउटै कम्युनिष्ट पार्टी भएको भन्दै साँचो अर्थमा पुष्पलाललाई आदर गर्ने हो भने एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताए ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले विचार र सिद्धान्तभन्दा व्यक्तिगत कारणले कम्युनिष्टबीच बेमेल भएको बताए । उनले अहिले छरिएर रहेका कम्युनिष्टबीच एकता गर्नसके पुष्पलाल प्रति सम्मान हुने उल्लेख गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिष्ट प्रति विश्वास गरे पनि कम्युनिष्टले त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए । उनले कम्युनिष्ट पटकपटक सरकारमा पुगे पनि जनताको अवस्था फेर्न नसकेको बताए । कार्यक्रममा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनका कमीकमजोरीबारे छलफल गर्नुपर्ने बताए ।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्टभित्र रहेका समस्याबारे छलफल गरेर कम्युनिष्ट आन्दोलनलाई एकढिक्का बनाउन सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस