२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीका तीन पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

अ+ अ-

बैतडी । दश स्थानीय तह रहेको बैतडीका तीन स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन् । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन् ।

स्थानीय पाठ्यक्रम तयार गरेर स्वीकृत भइसकेको पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले बताए । आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ ।

स्थानीय संस्कृति, जनजीवन, भूगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्रलगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा प्रमुख भट्टले बताए । स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागू हुने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ ।

मेलौली नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर चालू शैक्षिक सत्रदेखि लागू गरेको छ । कक्षा १ देखि ३ सम्मको आधारभूत तहमा चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको हो । कक्षा १० सम्मको शिक्षा हेर्ने अधिकार स्थानीय तहमा आएसँगै कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए।

पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रमलाई नगरकार्यपालिकाले स्वीकृत गरेपछि लागू गरिएको हो । १६० घण्टा शिक्षण गर्ने विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारिएका छ । उनले भने,’सात वटा सिद्धान्तमा आधारित रहेर स्थानीय पाठ्यक्रम तयार गरेका हौँ । स्थानीय भाषा, संस्कृति, भेषभूषा, खानपान, रहनसहन, चालचलन र संस्कृति समेटिएको छ ।’

पाठ्यक्रममा समेटिएका विषयवस्तुका बारेमा शिक्षकलाई समेत जानकारी गराइएको छ । पाठ्यक्रममा भएका विषयवस्तुलाई प्रभावकारी रुपमा शिक्षण गराउन सहज होस् भनेर पाठ्यक्रमका विषयमा जानकारी दिइएको हो । जिल्लाको शिवनाथ गाउँपालिकाले पनि यसअघि स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरिसकेको छ । शिवनाथ आधारभूत तह कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम तयार पार्ने जिल्लाको पहिलो स्थानीय तहसमेत हो ।

शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ३ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारेको हो । गाउँपालिकाको शिक्षा शाखाले तयार पारेको पाठ्यक्रमबाटै चालू शैक्षिक सत्रबाट पढाइ हुने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिइन् । स्थानीय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, भाषा, भेषभूषालगायतका कुरा समेटिएका छन् ।

यस्तै स्थानीयस्तरमा रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बारेमासमेत स्थानीय पाठ्यक्रममा समावेश गरिएको बताइएको छ । स्थानीय पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुले विद्यार्थीमा स्थानीय परिवेशका विषयमा शिक्षा दिने अपेक्षा गरिएको छ । जिल्लाका अन्य सात स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रक्रियामा रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस