काठमाडौँ । लोक सेवा आयोगले लिएको नेपाल प्रहरी सहायक निरीक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले २०७७ मङ्सिरमा लिएको लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो ।
सहायक निरीक्षक पदका लागि ४९४९ जना परीक्षामा सहभागी भएका थिए जसमध्ये ५१३ जना अन्तर्वार्ताका लागि छनौट भएको छन् ।
यसैगरी प्रहरी प्रधान कार्यालयले लिखित परीक्षामा उत्तीर्ण भएका सबै उम्मेदवारहरूको साउन ३ देखि ५ गतेसम्म स्वास्थ्य परीक्षण गरिने जानकारी दिएको छ ।
स्वास्थ्य परीक्षण नेपाल प्रहरी अस्पताल महाराजगन्जमा हुनेछ । स्वास्थ्य परीक्षणमा सहभागी हुनका लागि सक्कलै नागरिकता र प्रवेश पत्रसाथ आधा घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुपर्नेछ ।
विशेष स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका उम्मेदवारहरूको साउन १३ गते प्रहरी प्रधान कार्यालय नक्सालमा पाँचौँ चरण अन्तर्गतको सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षा सञ्चालन हुनेछ ।
नतिजा नामावली