२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा ३० प्रतिशत धान रोपाइँ सम्पन्न

अ+ अ-

वीरगञ्ज । वर्षा ऋतुको आगमनसँगै मनसुनको झरीमा रमाउँदै हिलाम्य खेत, हाथभरी धानको बेर्ना लिएर एकहुल महिला असारे गीत गाउँदै धान रोप्नमा व्यस्त छन् ।

अकाशभरी छिटपुट पानी परिरहेको छ । ती झरीमा महिलाहरु आफ्नो कोकिल कण्ठले सुरिलो गीत गाउँदै धान रोप्नमा व्यस्त देखिन्छ । यस्ता दृश्यले जो कोहीलाई पनि आफूतिर आकर्षित गरिरहेका छन् ।

मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटलगायत जिल्लामा यो वर्ष समयमै मनसुन प्रवेश गरेपछि किसान गण्डक नहरको पानीको भर नपरी अकाशे पानीले समयमै वेर्ना लगाएका छन् । जगरनाथपुरका किसान हरिदेवले गण्डक नहरमा समयमा पानी नआउँदा मनसुने पानीको भरमा समयमै बेर्ना लगाइएकाले यसपाली धानको उत्पादन राम्रो हुने विश्वास व्यक्त गरे ।

केही दिन यता मनसुन सक्रिय भई पानी परेकाले समयमा धानको बेर्ना लगाएपछि यसपाली मानो रोपेर मुडी उव्जाउने किसानको सपना साकार हुने देखिन्छ । उत्पादन राम्रो हुने देखेपछि यहाँका किसान खुशी भएका छन् । किसान मनोज साहले भने, ‘मनसुनी वर्षाका कारण यो वर्ष सोचेभन्दा बढी उत्पादन हुने हुँदा किसान खुशी देखिएका छन् ।’

पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेश प्रसादले बताए । पर्सामा कूल ४६ हजार ६ सय हेक्टर ,बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

यसवर्ष समयमै मनसुनी वर्षा भएकाले तराईका जिल्लाहरुमा चाडै नै धान रोपाइँ सकिने र यही अवस्था रहेमा उत्पादन पनि राम्रो लिन सकिने विश्वास सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले जनाएको छ । उर्वरभूमि, पर्याप्त जनशतिm र सिंँचाइको ठूलो स्रोत हुँदाहुदै पनि विगतका वर्षहरुमा पानीको अभावका कारण समयमा धान रोपाइँ हुन नसक्दा उत्पादनमा कमी आउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस