प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा तेस्रो दिनको बहस सकियो, अर्को सुनवाइ आइतबार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा तेस्रो दिनको बहस सकियो, अर्को सुनवाइ आइतबार


११ असार २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तेस्रो दिनको बहस सकिएको छ।

काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिटमा सुनुवाइ जारी छ।

बुधबारदेखि सुरु भएको बहस आइतबारसम्म जारी रहने भएको छ। रिट निवेदक पक्षलाई छुट्याइएको समय बाँकी रहेकाले बहस आइतबारलाई लम्ब्याइएको हो। रिट निवेदकतर्फका कानुन व्यवसायीलाई छुट्याएको समय अब २ घण्टा ३५ मिनेट बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस