काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताए ।
शुक्रबार (आज) एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘ऋणको पासमा हामी पर्दैनौं ।’