राष्ट्रिय कविता महोत्सव २०७८ : कविता राईकाे ‘देशको नक्सा’ प्रथम « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

राष्ट्रिय कविता महोत्सव २०७८ : कविता राईकाे ‘देशको नक्सा’ प्रथम


१० असार २०७८, बिहिबार


काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राईकाे ‘देशको नक्सा’ कविता प्रथम भएकाे छ ।

नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृतिकाे ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दकाे ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालकाे’आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालकाे’बोधिसत्त्वको खोप’ किवता तृतीय भए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए ।

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताए। प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस