उपत्यकामा थप एक साता निषेधाज्ञा जारी, निजी सवारीमा जोर बिजोर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपत्यकामा थप एक साता निषेधाज्ञा जारी, निजी सवारीमा जोर बिजोर


६ असार २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएकाे छ । लम्ब्याइएकाे निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार (आज) बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

तर यसपटक निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

असार ७ गतेदेखि निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्न पाउने भएकाे छ । तर अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

त्यस्तै  काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

उनका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल सञ्चालन हुनेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न दिने निर्णय भएको छ । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।

बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस