११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

अ+ अ-

चितवन । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा उपचार सेवा दिन थालिएको छ ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले कोभिड १९ को सङ्क्रमण निको भएर घर गएका र घरमै आइसोलेशन बसेर निको भएकाहरुमा पोष्टकोभिडको समस्या देखिएकाले यो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार कोरोनाको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई श्वास प्रश्वासको समस्या परेको थियो ।

अस्पतालमा आउने अधिकांशलाई सघन उपचार कक्ष र एचडियुमा राखेर उपचार गरिएको थियो । उनले भने, ‘अधिकांशलाई अक्सिजनको सहायताले उपचार गर्नु परेको थियो ।’ श्वासप्रश्वाससँगै सक्रमितहरुमा ज्वरो आउने, शरीर दुःख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने जस्ता लक्षण देखिएका थिए । ती सङ्क्रमित निको भएपछि पोष्टकोभिडको समस्या देखिन थालेको उनले जानकारी दिए ।

उनले भने,‘बिरामीहरुको समस्यालाई उच्च मूल्याङ्कन गरेर चितवन मेडिकल कलेजले पोष्ट कोभिड उपचार तथा परामर्श सेवा सञ्चालन गरेको हो।’ पछिल्लो समयमा कोरोना सङ्क्रमित भई निको भएका बिरामीहरु कोभिड सङ्क्रमण मुक्त भएको लामो समयसम्म पनि, शारीरिक समस्या हुने, शरीर दुःख्ने/पोल्ने, हात खुट्टा गल्ने, छाती दुख्ने, छिटो छिटो थकानको महशुस हुने जस्ता समस्या देखिने गरेको छ ।

त्यसैगरी निद्रा नलाग्ने, मानसिक रुपमा कमजोर हुने, उच्च रक्तचाप, हिड्दा बढी स्वाँस्वाँ हुने र सास फेर्दा असजिलो महशुस हुने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गरेको प्रा.डा.न्यौपानेले जानकारी दिए। साधारणतया कोरोना सङ्क्रमित मध्ये करिब ३० प्रतिशतलाई केही न केही पोष्ट कोभिडका लक्षणहरु देखिने गरेको उनको भनाइ छ। तिनै बिरामीलाई लक्षित गरेर परीक्षण थाालिएको हो ।

प्रतिक्रिया दिनुहोस